१,८२६ जना कोरोना संक्रमित निको, ८३६ नयाँ थपिए

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८३६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ४,२६० पीसीआर र २,३९४ जनाको एन्टीजेन परीक्षणका क्रममा ८३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या ९ लाख ७२ हजार ६३२ जना पुगेको छ । कुल संक्रमितमध्ये २६ हजार १०२ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा १,८२६ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ९ लाख ३६ हजार ६४८ पुगेको छ ।

सो अवधिमा चार जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८८२ पुगेको छ । हाल ११८ जना क्वारेन्टाइनमा छन् । २०० जना आइसीयू र ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like