रुपन्देही उद्योग संघ निर्वाचन– महासचिबमा काफ्ले

by समतल अनलाइन

बुटवल। रुपन्देही उद्योग संघको बिहिबार भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । संघको महासचिवमा लोकतान्त्रिक प्यानलका जिवकान्त काफ्ले निर्वाचीत भएका छन् ।

काफ्लेले ३५९ मत ल्याएर बिजयी भएका हुन् । उनका प्रतिद्धन्दी शिव कुमार पाठकले ३३९ मत प्राप्त गरेका थिए । कोषध्यक्षमा बामपन्थी प्यानलका हरि बहादुर खत्री बिजयी भएका छन् ।

खत्रीले ३८२ मत ल्याउदा उनका प्रतिद्धन्दी दिपक खनालले ३१४ मत प्राप्त गरेका थिए । सचिव पदमा ३९२ मतका साथ हिरामणी भट्टराई बिजयी भएका छन भने उनका प्रतिद्धन्दी चन्द्रकान्त खनालले ३०५ मत प्राप्त गरेका थिए ।

महिला सचिवमा माया खनाल १ मतको अन्तरले बिजयी भएकी छन् । खनालले ३४७ मत ल्याउदा उनका प्रतिद्धन्दी रेनुका खरेलले ३४६ ल्याएकी थिईन् ।

त्यसैगरी सह कोषध्यक्षमा गिरीराज गैरे निर्वाचीत भएका छन् । गैरे ले ३५५ मत ल्याउदा उनका प्रतिद्धन्दी माधव रेग्मीले ३३६ मत प्राप्त गरे । संघको महिला सदस्यहरुमा मञ्जु भुसाल,रमा पौडेल पराजुली निर्वाचीत भएका छन् । सिनपा क्षेत्र सदस्यमा यादव गैरे निर्वाचीत भएका छन भने योगिकुटी–पडसरी क्षेत्रबाट ऋषिराम भण्डारी र बिशाल बेल्बासे निर्वाचीत भएका छन् ।

त्यसैगरी पश्चिम क्षेत्र सदस्यमा यमलाल भट्टराई र खड्क बहादुर कुँवर निर्वाचीत भएका छन भने पूर्व क्षेत्र सदस्यमा रमेशचन्द्र रेग्मी निर्वाचीत भएका छन् ।

त्यसैगरी खुल्ला सदस्य तर्फ सरला भण्डारी,माधव प्रसाद नेपाल,सुरेन्द्र ज्ञवाली,सन्दिप सापकोटा,नारायण पाठक,युवराज आचार्य, प्रेम बहादुर आले,लाल बहादुर थापा,बसन्त ढकाल निर्वाचीत भएको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष र द्धितिय उपाध्यक्ष सहितका केहि पदमा भने निर्बिरोध भएको थियो ।

 
 
  
 

You may also like