एनआईसीको सर्वश्रेष्ठ बचत खातामा ग्राहकलाई ५ वर्षसम्म ८४ लाखसम्मको बीमा र ग्राहक सेवा निःशुल्क

by समतल अनलाइन

काठमाडौं । एनआईसी एसिया बैंकले २०७८ कात्तिक १ देखि ल्याएको ‘सर्वश्रेष्ठ बचत खाता’ हरूमा पाइने फाइदाहरूलाई व्यापक रुपमा थप वृद्धि गर्र्दै क वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गरेको छ ।

बैंकले बचत खातामै ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा फाइदा प्रदान गर्ने व्यवस्था गरेको जनाएको छ । सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरूले ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाअन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्ने बैंकको भनाइ छ ।

बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाईदाहरूलाई पाँच वर्षको अवधीसम्म उपलब्ध गराएको छ । जसलाई निम्नानुसार तालिकामा देखाइएको छ :

उपयुक्तका सबै थप सुविधा/फाइदाहरू यसअघि सर्वश्रेष्ठ खाताहरू खोलिसकेका ग्राहकहरूले समेत कुनै अतिरिक्त शुल्कविना स्वतः पाउन सक्ने बैंकले जनाएको छ । बैंकले ल्याएको यस सर्वश्रेष्ठ बचत खाताहरूमा उपलब्ध फाइदासम्बन्धी विस्तृत जानकारीको लागि यस बैंकको नजिकको शाखा कार्यालय वा मोबाइलको मेसेज बक्समा एसबी टाइप गरी ३४८८ मा एसएमएस पठाउन सकिने बैंकले जनाएको छ ।

३५८ शाखा कार्यालयहरू, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकले बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 
 
  
 

You may also like