भोलि घोषणा होला निर्वाचनको मिति ?

by समतल अनलाइन

काठमाडौं । सरकारले भोलि (सोमबार) निर्वाचन मिति घोषणाको तयारी गरेको छ । सरकारले सोमबार बस्ने मन्त्रिपिरषद् बैठकबाट स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको हो । सम्भवतः सोमबार बस्ने बैठकले निर्वाचनको मितिबारे निणर्य गर्ने एक मन्त्रीले बताए ।

उनले भने, ‘अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति तोक्छ । सम्भवतः भोलि बस्ने बैठकले जेठ ४ गते चुनाव गर्नेबारे निणर्य गर्छ ।’ यसअघि आयोगले जेठ ४ मा स्थानीय तहको चुनाव गर्न सकिने प्रस्ताव सरकार समक्ष सिफारिस गरेको थियो । आयोगले ७५३ वटै स्थानीय तहको चुनाव एकै चरणमा गर्न प्रस्ताव गरेको थियो ।

 
 
  
 

You may also like