कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,३८६ संक्रमित थपिए

by समतल अनलाइन

काठमाडौ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो । ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार ७०४जन संक्रमणमुक्त भएका छन् । हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन् ।

 
 
  
 

You may also like