तिलोत्तमा प्रिमियर लिग : मणिग्राम किंग्स द्वारा बुटवल युनाइटेड पराजित

by समतल अनलाइन

लुम्बिनि शाक्यान लिगबाट बाहिरियो

बुटवल । संदिप रजालीको उत्कृष्ट ब्याटिङ्गले मणिग्राम किङ्स तिलोत्तमा प्रिमियर लिगको आजको खेलमा जित निकालेको छ । सुपर ११ भैरहबा बिरुद्धको खेलमा सन्दिप एक्लैले ५१ बलमा नट आउट ६८ रनको योगदान गरेका थिए ।

यस अघि पहिले ब्याटिङ्ग गरेको सुपर ११ भैरहवाले ७ विकेटको क्ष्यतीमा १ सय ३१ रन बनाएको थियो । १ सय ३२ रनको लक्ष्य मणिग्राम किंगस्ले १८ दशमलव ३ ओभरमा ३ विकेटको क्ष्यतीमा पुरा गरेको थियो ।

प्रतियोगितामा मणिग्राम किंगस्का सन्दिप रजाली म्यान अफ द म्याच र दुर्गस गुप्ता मष्ट भ्यालुएवल प्लेयर बन्न सफ भए । यसैबिच प्रनित थापा र कुसल मल्लको को ब्याक्तिगत समान ५८ रनको सहायताले बुटवल युनाइटेट तिलोत्तमा प्रिमियर लिगको आफ्नो पहिलो खेलमा बिजयी भएको छ ।

बुटवल युनाईटेडले लुम्बिनि शाक्यान ग्ल्याडिएटर्सलाई लिगमा तेस्रो हार चखाएको छ । यो हारसंगै लुम्बिनि शाक्यान्को लिगबा बाहिरिएको छ । आज सम्पन्न पहिलो खेलमा २१ बलमा ५८ रन बनाए भने कुसलल मल्लले २५ बलमा ५८ रन बनाएका हुन ।

टस जितेर ब्याटिङ्ग गरेको लुम्बिनि शाक्यान ग्ल्याडिएटर्सले १ सय ४७ रनको विजय लक्ष्य पेश गरेको थियो । जवाफि ब्याटिङ्ग गरेको बुटवल युनाईटेडले १४ दशमलव ५ ओभर खेल्दा ४ विकेटको क्ष्यतीमा लक्ष्य भेटेको थियो ।

प्रतियोगितामा बुटवल युनाइटेढडका कुसलले मल्ल म्यान अफ द म्याच र प्रनित थापाले मष्ट भ्यालुएवल खेलाडीको उपाधी जितेका छन ।
प्रतियोगिता अन्तर्गत भोलीको पहिलो रेलमा बुटवल युनाईटेड र रेन्बो ज्ञानोदय गोल्डस्का बिच हुनेछ भने दोस्रो खेलमा सियारी राइोज् र एक्स्पर्ट रोयल शंकरनगरका बिच हुनेछ ।

 
 
  
 

You may also like