माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

by समतल अनलाइन

काठमाडौं । सरकारले मुलुकभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको अवस्थालाई मध्यनजर गर्दै मुलुकभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

कतिपय विद्यालयमा हिउँदे बिदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरिएको प्रवक्ता सुनिता नेपालले जानकारी गराएकी छन् । उनले भनेकी छन्, ‘यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ । निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेका छौं ।’

प्रवक्ता अधिकारीका अनुसार प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि गरिएको छ । त्यसोत, पछिल्लो समय नेपालमा तीब्र रुपमा कोरोना संक्रमण फैलिरहेको छ ।
आज एकै दिनमा मुलुकभर १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 
 
  
 

You may also like