तिलोत्तमा चेम्बरको आठौं साधारणसभा

by समतल अनलाइन

तिलोत्तमा ।तिलोत्तमा चेम्बर अफ कमर्श (ब्यापार संघ) को आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको उदघाटन तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिािरेले उदघाटन गरेका थिए । त्यस अवसरमा बोल्दै उनले अन्तरपालिका समन्वय गरेर विकासमा सहकार्य गर्न सकिने धारणा राखे ।
स्थानीय तहले छिमेकी पालिकासँग सहकार्य गरी विकासमा अगाडि बढ्ने हो भने आपसी सम्बन्ध पनि बढ्ने र विकासका क्षेत्रमा ठूलो सफलता हासिल गर्न सकिने बताए ।
नेपाल चेम्बर अफ कमर्सका केन्ीय सदस्य एवं लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंक प्रसाद पोखरेलले सरकारले लिएको तीन खम्बे अर्थनीति अनुसार निजी क्षेत्र अगाडि बढेको बताए ।
संघका संस्थापक अध्यक्ष एवं संरक्षक तथा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका महासचिव झविन् प्रसाद कंडेलले स्थानीय तहले विकासमा निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिंदै व्यावसायिक हक हित र सुरक्षामा पनि सरकार संवेदनशील बन्नुपर्ने बताए ।
संघका अध्यक्ष बाबुलाल भुसालले घरबहालको समस्या र बढदो बैंक व्याजका समस्या यथावत रहेको भन्दै यसको समाधानका लागि संघले पहल गरिरहेको बताए ।
अध्यक्ष भुसालले संघले आर्थिक वर्ष २०७७÷०७८ मा गरेका कार्यहरू एवं आगामी आर्थिक वर्ष.२०७८÷०७९ को कार्ययोजनाहरु प्रस्तुत गरेका थिए । साथै उनले व्यावसायिक एवं सामाजिक कार्यहरु निरन्तर अगाडि बढाउदै लैजाने जानकारी गराए ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख मुक्तिराम आचार्य, संघका प्रथम उपाध्यक्ष रामचन् पाण्डे, महासचिव बिष्णु बराल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, तिलोत्तमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष तामनाथ पाण्डे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष बाबुराम कंडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाले आगामी वर्षको प्रतिवेदन पारित गरेको कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिए ।

 
 
  
 

You may also like