72
काठमाडौं । नेपाल वायुसेवा निगमको हङकङ उडान रद्द भएको छ । हङकङले कोरोना संक्रमण रोक्न अन्तर्राष्ट्रिय यात्रामा कडाइ गर्दा नेवानिको उडानमा प्रभाव परेको हो ।
निगमले आज एक विज्ञप्तिमार्फत जनवरी १९ सम्म उडान गर्न नसक्ने जनाएको छ । यसअनुसार निगमको काठमाडौं-हङकङ-काठमाडौं (आरए ४०९/४१०) सेक्टरका निर्धारित सबै उडान गर्न नसकिने भएको निगमले जनाएको छ ।