२१६ मा कोरोना संक्रमण, दुई जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ५,९६२ पीसीआर र १,६६९ जनाको एन्टीजेन परीक्षणका क्रममा २१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख २८ हजार ९८६ जना पुगेको छ । कुल संक्रमितमध्ये ४,९७१ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २०९ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १२ हजार ४१९ पुगेको छ ।

उक्त अवधिमा दुई जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन् । ८३ जना आइसीयू र १९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like