विपन्न विद्यार्थीलाई न्यानो कपडा (स्वेटर) बितरण

by समतल अनलाइन

बुटवल।रोटरी क्लब अफ बुटवल डाउनटाउनले विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ । शनिबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका वडा नं.१७ स्थित श्री जनशक्ति नमुना भिमप्रसाद गोमाता न्यौपाने प्राविमा अध्ययनरत अति बिपन्न परिवारका २ सय ६१ जना विद्यार्थीहरुलाई वितरण गरिएको हो ।
रोटरी ईन्टरनेश्नल ३२९२ का डिष्टिक गर्भनर नोमिनी राजेन्द्र ध्वजु, जोन २३ का एसिस्टेन्ट गर्भनर डा. नारायण पन्थ, क्लब अध्यक्ष जबिन कक्षपतिले विद्यालयका प्रधानाध्यापक कल्पना भण्डारीलाई हस्तान्तरण गरेका थिए ।
जाडो बढेसंगै न्यानो कपडाको कमिले गर्दा बिद्यालयमा विद्यार्थीहरु कमी भएको जानकारी आएसंगै क्लबका पुर्बअध्यक्ष मान बहादुर बिकको पहल र क्लबका सदस्यहरुसंग ९० हजार रुपैया बराबर सहयोग रकम जुटाएर स्वीटर वितरण गरिएको क्लबका अध्यक्ष जबिन कक्षपतिले बताए ।
कार्यक्रममा क्लबका पुर्बअध्यक्ष मान बहादुर बिक, पुर्बअध्यक्ष जीवन प्रसाद अधिकारी, बोर्ड सदस्य दिनेस अग्रवाल, रोट्रयाक्ट क्लब अफ बुटवल रामापिथेकसका अध्यक्ष बिजय कार्कीले सामाजिक सेवाको भावना अनुसार निरन्तर सहयोगमा लागेको बताए ।

 
 
  
 

You may also like