पदाधिकारीमा लगभग सहमति भइसकेको छ, भोलि टुङ्गो लाग्छ : प्रचण्ड

by समतल अनलाइन

काठमाडौं । नेकपा माओवादी केन्द्रका निवर्तमान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारीको भोलि टुंगो लाग्ने बताएका छन् । महाधिवेशन हलमा दाहाल पदाधिकारीमा लगभग सहमति जुटिसकेको र सोमबार बस्ने केन्द्रीय समिति बैठकले टुंगो लाग्ने बताएका हुन् ।

‘पदाधिकारी विधानअनुसार केन्द्रीय समितिले टुंग्याउने हो । कतिपयले आजै टुंगो लगाऔं भने । भोलि नयाँ केन्द्रीय समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पदाधिकारी टुंगो लगाउने छ । पदाधिकारीमा करिब सहमति भइसकेको छ। भोलि टुंगो लाग्छ ।’ माओवादीको केन्द्रीय समितिले १५ पदाधिकारी चयन गर्नेछ ।

 
 
  
 

You may also like