रुपन्देही ब्यापार संघको सचिवमा सफल ब्यबसायी कृष्ण अर्यालको उम्मेद्वारी

by समतल अनलाइन

बुटवल । रुपन्देहीको प्रतिष्ठित संस्था रुपन्देही ब्यापार संघको आगामी कार्यकालका लागि हुन गैरहेको निर्वाचनमा बुटवलका सफल ब्यवसायी कृष्ण प्रसाद अर्यालले सचिव पदमा उम्मेद्वारी दिएका छन् । लामो समयदेखि बुटवलमा ब्यबसाय गर्दै आएका सफल व्यवसायीका रुपमा परिचय बनाएका अर्यालले उद्योगी ब्यबसायीको हकहित संरक्षण र समस्या समाधानका लागि अग्रसर रहने प्रतिबद्धतासहित सचिव पदका लागि उम्मेद्वारी दिएको बताएका छन् ।
आगामी पौष १९ गते बुटवलमा सम्पन्न हुन गैरहेको रुपन्देही ब्यापार संघको २० औं बार्षिक साधारण सभा तथा ११ औं अधिवेशनका लागि अर्यालले सचिव पदमा आफुले उम्मेद्वारी दिएको घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा कार्यक्रममा संचारकर्मीहरुसँग कुरा गर्दै अर्यालले संघमा आफुले बिगतमा ४ कार्यकाल सदस्यमा बसेर काम गरेको अनुभव रहेको बताए । बिसं २०५८ सालमा रुपन्देही ब्यापार संघमा प्रबेश गरेका अर्यालले २०६४ सालमा संघको आजिवन सदस्यता लिएका थिए ।
बिसं २०६६ सालदेखि ब्यापार संघले आयोजना गरेको मेलामा लगातार सहभागिता जनाएका अर्यालले २०६९ सालमा उपसमिती सदस्य, २०७२ सालमा सरसफाई संयोजक भै उत्कृष्ठ कार्य गरेको, २०७५ सालमा जनचेतना र्याली संयोजक भै ऐतिहासिक तथा भब्यता पुर्वक सम्पन्न गरेको बताएका छन् । बुटवल ४ स्थित नेपालकै प्रतिष्ठित बिद्यालय कान्ति माबिमा २ कार्यकाल सदस्यका रुपमा कार्यरत अर्यालले बुटवल ८ स्थित ईन्द्रेणी सहकारी, बुटवल उपमहानगरपालीका बिपद ब्यबस्थापन समिति, शहरी स्वास्थ्य सेवा केन्द्र, लक्ष्मी पार्क लगाएतका सरकारी तथा गैरसरकारी क्षेत्रका संघसंस्था पनि आवद्ध रहँदै आएको बताएका छन् ।
बिगत र बर्तमान कार्यकालमा शुरु गरेका तर सम्पन्न गर्न नसकेका अधुरा काम सम्पन्न गर्न पनि आफुले पुनः सचिव पदमा उम्मेद्वारी घोषणा गरेको बताउदै अर्यालले सम्पुर्ण ब्यबसायीहरुको हकहित संरक्षण, ब्यबसायीक एकता, ब्यबसायीक सुरक्षा लगाएतका बिषयमा आफु सदैव प्रतिबद्ध भएर लाग्ने दावी गरेका छन् । संघको सचिव पदमा आफुले जितेमा राजनिती भन्दा माथि उठेर ब्यबसायीक हकहितका लागि कार्य गर्ने प्रतिबद्धता दोहोराउदै अर्यालले कोरोना महामारीका कारण धरासायी बनेको उद्योग ब्यबसाय क्षेत्रको बिकासको लागि आफु सँधै अग्रसर रहने समेत बताएका छन् ।
बुटवल ४ संगमपथस्थित लुम्बिनी प्लास्टिक सेन्टरका संचालक रहेका अर्याल सफल ब्यवसायी मात्र नभै कुशल संगठक, शिक्षाप्रेमी, समाजसेवीका रुपमा समेत परिचित रहेका छन् । पाल्पा जिल्ला बगनासकाली ४ खानीछापमा जन्मेका अर्यालले स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाँउसम्म ब्यापार बिस्तार भन्ने ब्यापार संघको नारालाई सदैव आत्मसात गरेको बताएका छन् । युरोप लगाएत एसियाका प्रमुख राष्ट्रहरुको बैदेशिक भ्रमण गरेका अर्यालले बिदेशमा देखेका राम्रा कुराहरुको अनुसरण गर्दै आईरहेको जनाएका छन् ।
उता रुपन्देही व्यापार संघको २० औं वार्षिक साधारणसभा तथा एघारौं अधिवेशन अन्तर्गत भएको उम्मेदवारी दर्ताका क्रममा अध्यक्षसहित अधिकांश पदाधिकारी निर्विरोध चयन भएका छन् । अधिकांश पदमा एकल उम्मेदवारी परेको छ भने कुल २९ सदस्यीय कार्यसमितिका लागि ४२ जनाको उम्मेदवार बनेका छन् । अध्यक्ष पदमा कृष्ण प्रसाद घिमिरेको एकल उम्मेदवारी परेको छ । संघका बर्तमान वरिष्ठउपाध्यक्ष घिमिरेको सो पदमा एकल उम्मेदवारी परेपछि उहा आगामी कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरि वरिष्ठ उपाध्यक्षमा डिल्लीराज भण्डारी, प्रथम उपाध्यक्षमा प्रकाश ढकाल, द्वितिय उपाध्यक्षमा दिपक अधिकारी, महासचिवमा दयानिधि भण्डारी, कोषाध्यक्षमा नामदेव पाण्डे, सहसचिवमा ऋषिराम पाण्डेको मात्र उम्मेदवारी परेको छ । यसैगरि सचिवमा कृष्णप्रसाद अर्याल, प्रेमनाथ पाण्डे र फर्सुराम पन्त तथा सहकोषाध्यक्षमा मनिराम खनाल (मणि) र मिलन सुनारको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिका अनुसार १६ जना सदस्यका लागि अर्जुनप्रसाद भट्टराई, खगुलाल गिरी, गिता भण्डारी खनाल, गेहेन्द्रराज न्यौपाने, जिवनारायण घिमिरे, जिवलाल पौडेल, झविन्द्र अधिकारी, तेजेन्द्र सापकोटा, नलराज नेपाल, न्यायमदिन मिया, ठाकुरप्रसाद आचार्य, तेजनारायण अर्याल, प्रकाशराज पौडेल, प्रकाश न्यौपाने, पिताम्बर ज्ञवाली, पिताम्बर अर्याल, मनहरि बस्याल, मनिमदिन मिया, माधवप्रसाद ज्ञवाली, मेघनाथ पौडेल, रितेश ज्ञवाली, लक्ष्मण ज्ञवाली, लोकनाथ पाण्डे, विनित भट्टराई, बालकृष्ण बस्याल, वृन्दा भट्टराई आचार्य र शोभा जोशी क्षेत्रीसहित २७ जनाको उम्मेदवारी परेको छ ।
यता संघमा सम्बद्ध सदस्यमा हरिबहादुर गहतराज, शाखा सदस्यमा सेमलारबाट पूर्णप्रसाद काफ्ले र सेमलार शाखाबाट सदस्यमा रेशमलाल उपाध्यायको उम्मेदवारी परेको छ । संघको विधान अनुसार संघको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सहसचिव, सहकोषाध्यक्षसहित २९ सदस्यीय कार्यक्रम समिति चयन गरिने छ । संघको एघारौं अधिवेशन पुष १९ गते संघको भवन प्राङ्गणमा हुदैछ ।

 
 
  
 

You may also like