शव बोकेर रिडी जाँदै गरेको बस दुर्घटना,७ जनाको मृत्यु

by समतल अनलाइन

बुटवल । बुटवलबाट शव लिएर गुल्मीकाे रिडी जाँदै गरेको बस पाल्पाकाे पाल्पा रिब्दिकोट २ लगुवामा दुर्घटनाग्रस्त भएकाे छ । लु२ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएकाे र ८ जना घाइते भएको हार्थोक प्रहरीले जनाएको छ।

अहिले घटनास्थलमा प्रहरी पुगेकाे छ । उद्धार कार्य जारी रहेकाे हार्थाेक प्रहरी चाैकीका असई बिष्णु रेग्मीले नागरिक अनलाइनलाइ जानकारी दिए ।

बसमा ३५ जना मलामी रहेको बताइएको छ । घाइतेहरूको पाल्पा मिसन अस्पताल र प्रभावसमा रहेको लुम्बिनी मेडिकल कलेजमा उपचार शुरू भएको छ ।

 
 
  
 

You may also like