बुटवलमा पहिलो पटक न्यूरो तथा ट्रमा सेन्टर सञ्चालनमा

by समतल अनलाइन

बुटवल । बुटवलमा पहिलो पटक न्यूरो तथा ट्रमा सेन्टर सञ्चालनमा आएको छ ।बुटवल उपमहानगरपालिका ८ को सुख्खानगरमा तिनाउ इन्टरनेशनल हस्पिटल प्राइभेट लिमिटेडले न्यूरो तथा ट्रमा उपचारको सेवा सुरु गरेको हो ।

चिकित्सकसहित विभिन्न क्षेत्रका १५ जना व्यक्तिहरुको समूहले १६ करोडको लगानीमा अस्पताल सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्ष करुण खनालले जानकारी दिए ।

५० शैया क्षमता रहेको अस्पतालले २४ शैयाको प्रारम्भिक स्वीकृति पाएको छ । न्यूनतम मापदण्ड पूरा गरी अस्पताल सञ्चालनमा आएको र अस्पताल पूर्णरुपमा वातानुकुलित रहेको अध्यक्ष खनालले बताए ।

हाडजोर्नी तथा ट्रमा सेवा, नशा तथा स्पाइन सर्जरी, न्यूरो सर्जरी, जनरल फिजिसियन, स्त्री रोग तथा प्रसुतिलगायतका सेवा प्रदान गर्ने अस्पतालले बताएको छ । अस्पतालमा १४ जना चिकित्सक रहेका छन् ।

ट्रमाका कारण हुने आर्थिक तथा मानवीय क्षतिलाई कम गर्न अस्पतालबाट प्रदान गरिने सेवाले सहयोग पुर्‍याउने वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डाक्टर योगेन्द्र अग्रहरीले बताए ।

 
 
  
 

You may also like