गुल्मीको रेसुङ्गामा हिमपात

by समतल अनलाइन

गुल्मी । गुल्मीको ऐतिहासिक तथा धार्मिक स्थल रेसुङ्गामा हिमपात भएको छ ।

रेसुङ्गाको महापोखरी देखि भ्युटावरसम्मका क्षेत्रमा करिब १ फुट जति हिउँ परेको पन्थीले जानकारी दिनुभयो । हिमपातले त्यहाँ रहेका सम्पूर्ण बोट विरुवा ढाकेको बताइएको छ  ।  महापोखरी, यज्ञशाला, सिद्धबाबा क्षेत्र, भ्युटावरमा हिमपात भएको हो ।

हिमपातभएसंगै हिउँसंग रमाउने पर्यटकहरुमा लागि भने नयाँ दृश्य सिर्जना भएको पन्थीको भनाई छ । उहाँले हिउले भरिएको रेसुंगाको अवलोकनका लागि पनि आग्रह गर्नुभयो । अहिले सदरमुकाम तम्घास लगायतका क्षेत्रमा मौसममा परिवर्तन देखिएको छ ।

 
 
  
 

You may also like