२६० मा कोरोना संक्रमण, देशभर ५,०४८ जना सक्रिय संक्रमित

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३४९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८९८ जनाको नमुना परीक्षण भएको थियो ।

यसैबीच पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मुत्यु भएसँगै ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५८२ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ५,०४८ जना रहेका छन् ।

 
 
  
 

You may also like