पोषण संवेदनशील कृषि सम्बन्धी तालिम सम्पन्न ,गाउँपालिकालाई कृषि र पशु सम्बन्धी योजना तर्जुमा गर्दा विशेष ध्यान दिन आग्रह

by समतल अनलाइन

बुटवल।अन्तराष्ट्यि संहयोगी संंस्था युससए आडीद्धारा संचालित कार्यक्रम सुआहारा परियोजनाले सुआहारा दोस्रो एकिकृत पोषण कार्यक्रम अन्तर्गत पोषण संवेदनशील कृषि सम्बन्धी दुई दिने तालिममको आज समापन गरेको छ । बुटवल गोलपार्क स्थिीत रहेको होटल द मनिङ्ग ड्युमा आयोजित तालिम समापनको अवसरमा प्रमुख अतिथि एवम् प्रमुख प्रशिक्षक सिनियर कृषि म्यानेजर राम कुमार न्यापानेले तालिममा संहभागी रुपन्देहीका एघार वटा पालिकाका कृषि एवम् पशु शाखाका प्रमुखहरुलाई धन्यवाद दिदै पोषण र खाद्य सुरक्षाका लक्ष्य प्रातिप्का लागि कृषि र पशु क्षेत्रको महव्वपूर्ण भूमिका हुने हुदाँ पशु र कृषिमा कुनै पनि योजना तर्जुमा गर्दा पोषणलाई विशेष जोड दिन आग्रह गर्नु भयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि कृषि विकास निर्देशनालयका दिपक सापकोटाले मानवीय स्वास्थ्यका लागि पशु र कृषि उत्तिकै महव्वपूर्ण पक्ष भएको हुदाँ मातहतका निकाय संग समन्वय, संहकार्य गर्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा उहाँले कृषि र पशुको क्षेत्रमा कामहरु नभएको होइन् तर भएका कामहरुले खासै आमुल परवर्तन गर्ने खालका योजनाहरु बन्न नसकेको बताउनु भयो ।
तालिम समापन कार्यक्रममा सुआहारा परियोजनाका लुम्विनी प्रदेश संयोजक भरत शर्माले तालिममा संहभागीहरु प्रति विशेष आभार प्रकट गदै दुई दिनको तालिममा सिकेका कुराहरुलाई एघार वटा गाउँपालिकाका कृषि एवमु पशु शाखाका प्रमुखहरुले आगामी दिनहरुमा कार्यान्वयन गर्नेमा विश्वास व्यक्त गर्नु भयो । पोषण र खाद्य सुरक्षाका लागि योजना संवेदनशील कृषि कार्यक्रम र प्रणली बारे साझा बुझाई र कार्यान्वयनको अवधारण विकास गर्न तालिम आयोजना गरेको हुदाँ सम्बन्धित निकायसंग समन्वय र संहकार्य हुन जरुरी रहेकोमा जोड दिनु भयो ।
त्यस्तै सेतो गुरासका कमल न्यौपानेले कृषि र पशु क्षेत्रमा बजेट मात्रै छुटाएर पूर्ण नहुने हुदाँ कार्यान्वयको पक्षलाई बलियो बनाउन आवश्यक रहेको बताउनु भयो । त्यसका लागि प्राविधिक संहयोग गर्न सुआहारा तयार रहेको बताउनु भयो । दुई दिने तालिममा रुपन्देही जिल्लाका एघार वटा पालिकाका कृषि एवम् पशु शाखाका प्रमुखहरुलाई प्रमुख प्रशिक्षक एवम् सिनियर कृषि म्यानेजर राम कुमार न्यौपाने,कृषि विकास निर्देशनालयका निर्देशक यम नराायण देवकोटा, रुपन्देही स्वास्थ्य कार्यालयका डा राजेन्द्र गिरी , सुआहारा परियोजना लुम्विनी प्रदेश प्रमुख भरत शर्मा, प्रदेश कृषि संयोजक अर्जुन श्रेष्ठ, स्वास्थ्य एवम् पोषण अधिकृत दुर्गा राना लगायतले प्रशिक्षण दिनु भएको र तालिममा एघार वटा पालिकाका पशु एवम् कृषि शाखाका प्रमुखहरुको संक्रिय सहभागिता रहेको सुआहारा का लुम्विनी प्रदेश संयोजक भरत शर्माले जानाकारी दिनु भयो । समापन कार्यक्रममा सेतो गुराँस बाल विकास सेवा केन्द्रका सचिव मन्जु श्रेष्ठको अध्यक्षता, सिनियर कृषि म्यानेजर राम कुमार न्यौपानेको प्रमुख आतिथ्यता, कृषि निर्देशनालयका दिपक सापकोटाको विशिष्ट आतिथ्यता र सेतो गुराँसकी फिल्ड संयोजक मिनु पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । सुआहराले स्वास्थ्य सुरक्षाका कार्यक्रमहरु लुम्विनी प्रदेशका १२ वटै जिल्ला र नेपालका ४२ जिल्लामा संचालन गदै आएको छ । यो परियोजना युससएआईडीको एक कार्यक्रम हो । जुन विभिन्न बहु,क्षेत्रीय , राष्ट्यि तथा स्थानीय सरकारी एजेन्सीहरुको माध्यमबाट काम गर्ने गर्दछ । साथै मातृत्व पोषण, कृषि , स्वच्छता र स्वास्थ्य सेवामा काम गदै आएको छ ।

 
 
  
 

You may also like