नारायणी नदीको पुलबाट हामफालेकी युवतीको उद्धार गरे पनि बचिनन्, खुलेन पहिचान

by समतल अनलाइन

हेटौंडा । नारायणी नदीको पुलबाट हाम फालेकी युवतीको उद्धार गरिए पनि उपचारको क्रममा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो १२ः५५ बजेतिर पुलबाट उनी नदीमा हाम फालेकी थिइन् । सूचना पाएलगत्तै प्रहरीले उनलाई जीवितै उद्धार गर्न सफल भएको थियो । मृतक युवतीको उमेर १८/१९ वर्ष हुनसक्ने प्रहरीको अनुमान छ ।

सो क्रममा उपचारका लागि भरतपुर अस्पतालमा लगिएकोमा दिउँसो १ः३० मा उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । उनको शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ । शव पहिचान हुनसकेको छैन । प्रहरीले मृतक युवतीको तस्बिर सामाजिक सञ्जालमा राखेर चिन्नेले खबर गर्न अनुरोध गरेको जनाएको छ ।

 
 
  
 

You may also like