रुपन्देहीका प्रमुख संघिय प्रहरी इकाई एसएसपि यादवको झुन्डिएको अवस्थामा शव फेला

by समतल अनलाइन

बुटवल । संघीय प्रहरी इकाई कार्यालय रुपन्देहीका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक एसएसपी सुशिलकुमार यादवको झुण्डिएको अवस्थामा शव फेला परेको छ । झुण्डिएको मृत अवस्थामा शव भेटिएको र मृत्युको कारणबारे केही थाहा नभएको प्रहरीले जनाएको छ ।
उनको कार्यालयको आफ्नै क्वाटरमा बिहिबार दिउँसो पौने १ बजेको समयमा झुण्डिएको अवस्थामा शव भेटिएको हो । झुण्डिएको अवस्थामा मृत फेला परेका यादवकी काठमाण्डौमा रहेकी श्रीमती आएपछि सव निकाल्ने प्रहरीले तयारी गरेको छ ।
श्रीमती दिउँसो ३ बजेसम्म भैरहवा आईपुग्ने बताईएको छ । यद्यपी यादवका बुवा आमा भने भैरहवा आईसकेको प्रहरीले जनाएको छ । रामग्राम नगरपालिका वडा नं। २ नवलपरासी निवासी यादव २०४९ सालमा सेवा प्रवेश गरेका थिए । ५५ वर्षे सेवा हदका कारण आगामी माघमा सेवा अवधि सकिँदै थियो ।

 
 
  
 

You may also like