प्रक्सिसको बिजनेश पार्टनर मिट

by समतल अनलाइन

बुटवल। विश्वमा नै ब्याट्रिमा एक नम्वर प्राक्सिसले शुक्रबार बुटवलमा प्रक्सिस बिजनेश पार्टनर मिट गरेको छ। कम्पनीको उत्पादनबारे खुद्रा तथा थोक ब्यवसायीहरुसंग अन्तरक्रियामार्फत सुझाव लिने रुपमा कार्यक्रम गरिएको प्रक्सिसका लुम्बिनी प्रदेशको डिष्ट्रिब्युट्स क्रिस्टल आई नेपालका निर्देशक युवराज ढकालले बताए।
कार्यक्रममा प्राक्सिस ब्याट्रीको उत्पादक ईष्टमेन अटो एण्ड पावर लिमिटेडका म्यानेजर ईन्टरनशनल विजनेश प्रेम चौधरीले ब्याट्रिको बारेमा प्रकाश पार्दै भारतमा बनेको ईष्टमेन ग्लबोल ग्रुप ५० प्रकारका उत्पादनहरु गर्दै आएको बताए। ब्याट्रि त्यसमध्येको एक भएको हो । उनले भने। ईष्टमेन अटो एण्ड पावर लिमिटेडले २००२ मा ब्याट्री उत्पादन शुरु गरेको हो । सोलर र ईन्भर्टर दुबैमा प्रयोग गर्न सकिने प्राक्सिस डबल ट्युबलर ब्याट्रि भएको बताए। विश्वभरका अधिकास देशहरुमा यसको माग रहेको छ। विश्वभरमा नै एक नम्बर र सबैभन्दा ठूलो प्लान्ट भएको उनले दाबी गरे। एउटै छातामुनी सबै पुर्ण अटोमेटिक रुपमा ब्याट्रि उत्पादन हुने उनले बताए। प्रत्येक चरणमा परिक्षण गरिने र त्यसको आधारमा उपभोक्तासम्म पुग्ने भएकाले पनि यो अति नै विश्वासिलो भएको दाबी गरे। गुणस्तरमा टियुबि भारतको सर्टिफिकेट प्राप्त गरेको साथै आईएसओ लगायतका अधिकास सर्टिफिकेट प्राप्त गरेको उनले बताए। लक्ष्य तयार गरेर त्यो पूरा नगर्दासम्म र‍ोकिनुहुदैन भन्ने सन्देश खरायो र कछुवाको बिचमा भएको दौडले बताउनु भन्दै यसमा आधार मानेर खुद्रा ब्यवसायी र उत्पादकको सम्बन्धलाई जोड दिनुपर्ने बताए।
कार्यक्रममा सेनियो ईन्टरनेश्नल प्रालिका म्यानेजिङ डाईरेक्टर ईन्द्र घिमिरेले नेपालमा दुई वटा उत्पादनहरु सुवास्तिका ईन्भर्टर र प्राक्सिसका ब्याट्रिहरु बजारमा भित्र्याएको उनले बताए। यो घरायसी र ब्यावसायिक प्रयोजनमा उपयोगी भएको दाबी गरे।
कार्यक्रममा सहभागीहरुले बजारमा धेरै ब्याट्री र ईन्भर्टरहरुसंग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले पनि लन्च गर्दै गर्दा मुल्यमा परिवर्तन र गुणस्तरमा ध्यान दिनुपर्ने सुझाव दिए।
सेनियो ईन्टरनेश्नल प्रालिका म्यानेजिङ डाईरेक्टर ईन्द्र घिमिरे, सेनियोका हेड टेक्निकल डिपार्टमेन्टका सुरेश तिमिल्सिना, दिलिप प्रसाद रिमाललाई मायाको चिनोबाट सम्मान गरिएको थियो।
कार्यक्रममा स्याङ्जा, नारायणगढ, नवलपरासी, सल्याङ, अर्घाखाची, रुपन्देहीका ८० बढि ब्यवसायीहरु सहभागी भएको
क्रिष्टल आईका डाईरेक्टर विजय कार्कीले बताए।

पत्रकार श्रेष्ठलाई लक्कि ड्र ८०० भिए को ईन्भर्टर
यसैबिच कार्यक्रममा राखिएको कम्पनीको विषयमा प्रश्नावलीसहितको लक्कि ड्र प्रतियोगितामा पत्रकार स्वस्तिक श्रेष्ठले प्रथम पुरस्कार हात पारका छन। उनले सुवास्टिका कम्पनीको ८०० भिएको ईन्भर्टरबाट पुरस्कृत भए । यसैगरि दोस्रो पुरस्कार स्मार्ट वाच बुद्घ पावरका रेशव पाण्डे तथा अर्घाखाचीस्थित आईटि लिङ प्रालिका विष्णु भुषाल तेस्रो पुरस्कार पावर बैक पाएका छन।

 
 
  
 

You may also like