बुटवलमा मगर भाषाको चलचित्र माराङ प्रर्दशन हुने

by समतल अनलाइन

बुटवल । मगर संस्कृतिमा आधारित चलचित्र माराङ (खुशी) बुटवलमा प्रर्दशन हुने भएको छ । तुलजी सारु मगरले निर्माण गरेको चलचित्र माराङ बुटवलको कालिका फिल्महलमा शुक्रबार दिउँसो साढे २ बजे र शनिबार बिहान साढे ९ बजे प्रर्दशनमा आउँने भएको हो । लोप हुन लागेको मगर संस्कृतिलाई जोडेर चलचित्र निर्माण गरिएको निर्माता सारुले बताए । माराङको एउटा गित अहिले युटुयुबमा हिट भईसकेको उनले बताउँदै चलचित्रले पनि दर्शकको मन जित्न सफल हुने बताए । चलचित्रले मगर जस्तो सुकै अवस्थामा पनि खुशी हुन सक्छ है भन्ने देखाउन खोजेको बताउँदै चलचित्रको नाम जस्तै चलचित्र हेरेपछि दर्शक पनि खुशी हुने सारुले दाबी गरे ।
चलचित्र माराङ टिमले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै २ वर्ष अघि चलचित्रको निर्माण भएको र कोरोना भाईरस संक्रमणका कारण चलचित्र प्रर्दशनमा ल्याउन नसकिएको बताएका छन । पहिलो पटक बुटवलमा चलचित्र प्रर्दशनमा ल्याईएको सारुले बताए । चलचित्र मगर भाषामा भएपनि सब टाईटल नेपाली भाषामा रहेको बताए ।
६० लाखको लगानीमा चलचित्र निर्माण गरिएको उनले बताए । चलचित्रका निर्देशक बुद्धया सुनारीले पाल्पाको निस्दी गाउँपालिका र तनहुको मगरबस्तीमा पुगेर चलचित्र छायांकन गरिएको जानकारी दिए ।
प्रेममा आधारित चलचित्र भएपनि मगर संस्कृति संरक्षणको लागि युवाले देखाएको चासोको विषयलाई चलचित्रमा जोडिएको र स्थान पनि सोही अनुसार छनौंट गरिएको उनले बताए ।
मगर भाषा चलचित्रका जानकार संजोग लाफाले अहिलेसम्म एक सयवटा मगर भाषामा आधारित चलचित्र बनेपनि बलिउडको कपि जस्तै भएको बताए । माराङ चलचित्र भने मगर चलचित्र बनेको दाबी गरे । चलचित्रका कार्यकारी निर्माता समेत रहेका लाफाले अहिल बनेका मगर भाषाका चलचित्र भन्दा माराङ धेरै माथि रहेको र आधुनिक प्रविधिको सक्दो प्रयोग भएकाले दर्शकको मन जित्न सफल हुने बताए । मगर चलचित्र बनेपछि बल्ल मगर भेषभुषामा मगरहरुको चासो बढ्दै गएको बताए ।
आदिवासी जनजाती महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहा मगरले चलचित्र समाजको ऐना भएको बताउँदै समाजको जल्दोबल्दो समस्या उठाउन सक्नु पर्ने बताए ।
कलाकार रमेश बहादुर थापाको मुख्य भूमिका रहेको चलचित्रमा सिर्जना अस्लामी मगर, टिका थापा , गणेश घले , टेक रानाको भूमिका छ । चलचित्र ९० मिनेटको छ ।

 
 
  
 

You may also like