माराङले पहिलो दिनमै दर्शकका मन छाेयाे

by समतल अनलाइन

बुटवल । मगर संस्कृतिमा आधारित चलचित्र माराङ (खुशी) प्रर्दशन भएकाे पहिलाे दिनमै दर्शककाे मन छुन सफल भएकाे छ । माराङ बुटवलकाे कालिका चलचित्र हलमा अाज दिउसाे प्रर्दशनमा अाएकाे हाे । प्रर्दशन भएकाे पहिलो दिन नै हल दर्शकले भरिएकाे छ ।
तुलजी सारु मगरले निर्माण गरेको माराङ पहिलाे दिनमेै दर्शकले मन पराएका छन । फिल्म हेर्नकाे लागि हलमा दर्शककाे लाईन लागेकाे थियाे । लोप हुन लागेको मगर संस्कृतिलाई जोडेर चलचित्र निर्माण गरिएकाले चलचित्र धेरै रार्माे बनेकाे दर्शकले प्रतिर्किया दिएका छन । मगर संस्कृति चलचित्रकाे माध्यमबाट देखाईएकाे थियाे ।माराङको एउटा गित अहिले युटुयुबमा हिट बनेकाे छ । चलचित्रले मगर जस्तो सुकै अवस्थामा पनि खुशी हुन सक्छ है भन्ने देखाउन खोजेको निर्माताले बताएका छन ।

२ वर्ष अघि चलचित्रको निर्माण भएको र कोरोना भाईरस संक्रमणका कारण चलचित्र प्रर्दशनमा ल्याउन नसकिएको बताएका छन । पहिलो पटक बुटवलमा चलचित्र प्रर्दशनमा ल्याईएको हाे । चलचित्र मगर भाषामा भएपनि सब टाईटल नेपाली भाषामा रहेको बताए ।
६० लाखको लगानीमा चलचित्र निर्माण गरिएको निर्मनता सारूले बताए । चलचित्रका निर्देशक बुद्धया सुनारीले पाल्पाको निस्दी गाउँपालिका र तनहुको मगरबस्तीमा पुगेर चलचित्र निर्माण गरिएको जानकारी दिए ।
प्रेममा आधारित चलचित्र भएपनि मगर संस्कृति संरक्षणको लागि युवाले देखाएको चासोको विषयलाई चलचित्रमा जोडिएको र स्थान पनि सोही अनुसार छनौंट गरिएको उनले बताए ।
मगर भाषा चलचित्रका जानकार संजोग लाफाले अहिलेसम्म एक सयवटा मगर भाषामा आधारित चलचित्र बनेपनि बलिउडको कपि जस्तै भएको बताए । माराङ चलचित्र भने मगर चलचित्र बनेको दाबी गरे । चलचित्रका कार्यकारी निर्माता समेत रहेका लाफाले अहिल बनेका मगर भाषाका चलचित्र भन्दा माराङ धेरै माथि रहेको र आधुनिक प्रविधिको सक्दो प्रयोग भएकाले दर्शकको मन जित्न सफल हुने बताए । मगर चलचित्र बनेपछि बल्ल मगर भेषभुषामा मगरहरुको चासो बढ्दै गएको बताए ।
आदिवासी जनजाती महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहा मगरले चलचित्र समाजको ऐना भएको बताउँदै समाजको जल्दोबल्दो समस्या उठाउन सक्नु पर्ने बताए ।
कलाकार रमेश बहादुर थापाको मुख्य भूमिका रहेको चलचित्रमा सिर्जना अस्लामी मगर, टिका थापा , गणेश घले , टेक रानाको भूमिका छ । चलचित्र फेरि शनिबार बिहान साढे ९ बजे कालिका हलमा लाग्दै छ । चलचित्र ९० मिनेटको छ ।

 
 
  
 

You may also like