महाधिवेशनको अघिल्लो दिन देउवाले भने, ‘सकेसम्म सहमति, नभए प्रतिष्पर्धाबाट नेतृत्व’

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने बताएका छन् ।

सहमहामन्त्री डा. प्रकाश शरण महतको पुस्तक काठमाडौंमा विमोचन गर्दै उनले सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने बताएका छन् । प्रतिस्पर्धाबाट हुने जित, हारलाई सजिलै स्वीकार्नु पर्ने उनले बताए । कांग्रेस महाधिवेशनको अघिल्लो दिन उनले भने, ‘हार्नेले जित्नेलाई सहयोग गर्ने र जित्नेले हार्नेका कुरा पनि सुनेर जानु पर्छ ।’

यस्तै, प्रधानमन्त्री देउवाले महाधिवेशनलाई सफल बनाउन सबै जुट्नु पर्ने भन्दै महाधिवेशन सकेर कांग्रेसलाई बलियो बनाएर आमचुनावमा सबैभन्दा ठूलो पार्टी बनाउने पनि दाबी गरे । उनले महाधिवेशनलाई सामान्य रूपमा लिन पनि आग्रह गरेका छन् ।

 
 
  
 

You may also like