२११ मा कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा तीन लाख ३७ हजारले लगाए कोरोनाविरुद्धको खोप

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामै थप तीन लाख जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
सरकारले दैनिक दुई लाख मात्रा खोप लगाउने अभियान चलाइरहेको छ । त्यही अभियान अन्तर्गत आज (बिहीबार) तीन लाख ३७ हजार १७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । हिजो बुधवार पनि दुई लाख ८७ हजार जनाले खोप लगाएका थिए ।

अहिलेसम्म ९० लाख ५८ हजार ५८२ जनाले पूणर् मात्रा र एक करोड आठ लाख ४६ हजारभन्दा धेरैले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा थप २११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ९,४५१ जनाको नमुना परीक्षण गर्दा दुई दशमलव २३ प्रतिशत अर्थात् २११ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै थप ३२९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख पाँच हजार नौ सय जना पुगेको छ । यही अवधिमा दुई जना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५४९ पुगेको छ । अहिले नेपालमा ६ हजार एक सय पाँच जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like