बलिवुड अभिनेत्री दिया मिर्जाको डिभोर्स

काठमाडौँ । बलिवुड अभिनेत्री दिया मिर्जाले आफ्नो लामो वैवाहिक सम्बन्धको अन्त्य गरेको जानकारी दिएकी छन् ।

अभिनेत्री मिर्जाले पति साहिल सांघासँग आपसी समझदारीमा डिभोर्स गर्ने निर्णय गरेको बताएकी छन् । मिर्जाले भनेकी छन्,’एघार बर्षसम्म सँगै जीवन बिताएका हामी अलग हुने निर्णय गरेका छौ । हामि अलग भएपनि असल साथीको रुपमा रहने छौ ।’

मिर्जाले आफुले यस बारेमा थप प्रतिक्रिया नदिने समेत बताएकी छन् ।

मिर्जा र साहिलले करिब ६ बर्षको अफ्येर्सपछि सन् २०१४ मा विवाह गरेका थिए ।

बलिवुडमा ऋतिक-सुजैन, फरहान-अधुना, अरबाज-मलैकाको डिभोर्सपछि दिया-शोहेलको डिभोर्स भएको छ ।

मिर्जा सन् २००० मा मिस इंडिया हुदै बलिवुडमा आएकी थिइन् । उनले ‘रहेना है तेरे दिलमा मै’ बाट बलिवुडमा डेभ्यु गरेकी थिइन् । सो फिल्ममा दियाले विभिन्न डेभ्यु अवार्ड समेत जितेकी थिइन् ।

उनले परिणीति, फिर हेर फेरी, लागे रहो मुन्ना भाई, हनिमुन ट्राभल्स, संजुजस्ता फिल्ममा काम गरेकी छन् । पछिल्लो समय दिया वेब सिरिजमा व्यस्त रहेकी छन् । उनले काफीर, माइन्ड द मल्होत्रास जस्ता सिरिजमा काम गरेकी छन् ।

 
 
  
 

You may also like