ओलीको कटाक्ष : कांग्रेस पार्टी थोत्रो भइसक्यो, त्यसको पछि लाग्नेको बुद्धि कस्तो होला ?

by समतल अनलाइन

धनकुटा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई थोत्रो पार्टीको संज्ञा दिएका छन् ।

धनकुटाको खोकुछिन्ताङमा आज (सोमबार) आयोजित पार्टीको जनसभालाई सम्बोधनका क्रममा ओलीले कांग्रेसलाई यस्तो संज्ञा दिएका हुन् । ‘कांग्रेस थोत्रो भइसक्यो अब कामै लाग्दैन । थोत्रो पार्टी भइसकेको छ अब यसको काम छैन’, उनले भने, ‘तर त्यही थोत्रो पार्टी कांग्रेसका पछाडि लाग्ने कस्ता होलान् ?’

ओलीले त्यही थोत्रो पार्टी कांग्रेसको पछि लागेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले दुई तिहाइको सरकार ढालेको आरोप पनि लगाएका छन् । ‘कांग्रेसको पछि लागेर आफ्नो दुई तिहाइको सरकार ढालेका छन् । अहिले त्यही बुढो कांग्रेसको पछि लागेर एमालेलाई सक्ने भन्दै छन्’, उनले भने, ‘आफ्नै सरकार ढालेर थोत्रे पार्टीको पछि लागेर सरकारमा सहभागी हुने उनीहरुको बुद्धि कस्तो होला त ?’

 
 
  
 

You may also like