भैरहवा विमानस्थलबाट इजरायलमा सिधा उडान गर्न इच्छुक छौं : इजरायली राजदूत

by समतल अनलाइन

काठमाडौं । नेपालका लागि इजरायली राजदूत हेनान गोदरले इजरायल–भैरहवा सिधा हवाइ उडान गर्न इजरायल सरकार इच्छुक रहेको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँगको भेटमा नेपालका लागि इजरायलका राजदूत हेनान गोदरले उक्त कुरा बताएका हुन् ।

भेटवार्ताका क्रममा राजदूत गोदरले इजरायल र काठमाडौंबीच सिधा हवाई उडानका लागि इजरायल सरकारले पहल गर्ने आश्वासन दिएका छन् । आलेसँग राजदूत गोदरले दुई हप्ताभित्रमा कम्तीमा पनि एक हजार नेपाली कामदार इजरायल लैजाने कार्यक्रम रहेको र सोका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाँज भाडामा लिन इच्छुक बताएका छन् ।

नेपाल सरकारले निजगढमा निर्माण गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानीकर्ता जुटाइ दिन वा जीटुजीमार्फत काम गर्न समन्वय गरिदिन मन्त्री आलेले राजदूत गोदरसँग आग्रह गरेका छन् ।

 
 
  
 

You may also like