४१६ मा कोरोना, २७० जना निको, एकको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४१६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७,५५४ पीसीआर र ४,८४८ जनाको एन्टीजेन परीक्षणका क्रममा ४१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ३३३ जना पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार ३११ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २७० जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ७ लाख ९८ हजार ५४४ पुगेको छ ।

उक्त अवधिमा एक जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ । हाल ९८ जना क्वारेन्टाइनमा छन् । २२५ जना आइसीयू र ६६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like