74
काठमाडौं। कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँण बाढी–पहिरोबाट क्षति भएका पूर्वी जिल्लाको स्थलगत अवलोकनका लागि प्रदेश नम्बर–१ गएका छन् ।
उनी आज (मंगलबार) बिहान हेलिकोप्टरबाट प्रदेश नम्बर–१ का बाढी पहिरोबाट क्षतिपुगेका जिल्लाको अवलोकनमा निस्किएका हुन् । कार्यवाहक प्रधानमन्त्री खाँणले पाँचथर, इलाम, धनकुटा, सुनसरीका विभिन्न क्षेत्रमा बाढी पहिरोबाट भएका क्षतिको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
‘बाढी पहिरोबाट पुगेको क्षतिको अनुगमन, पीडितहरूसँग भेटघाट, अन्तरक्रिया गरेर राजयका तर्फबाट पीडितलाई के–कस्तो सहयोग गर्न सकिन्छ भनेर पूर्वी जिल्लाको भ्रमणमा जानुभएको हो’, गृहमन्त्री समेत रहेका खाँणका स्वकीय सचिव विजेश न्यौपानेले भने ।