रुपन्देहीमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा टिपरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ ।

तिलोत्तमाको शंकरनगरमा लु २ ख २२१६ नम्बरको टिपरले ठक्कर दिंदा तिलोत्तमा-३ सिता राइसमिल नजिकै बस्दै आएकी ७८ वषर्ीया प्रेमकुमारी आचार्यको आज बिहान मृत्यु भएको हो ।

शंकरनगरस्थित सिद्धार्थ राजमार्गको जेब्रा क्रसिङबाट सडक पार गर्दै गरेकी आचार्यलाई ठक्कर दिएर टिपर फरार भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । ठक्कर दिने टिपर र चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 
 
  
 

You may also like