अब रुखको पुरानो पात झरेर नयाँ पलाउँछ : मिनेन्द्र रिजाल

by समतल अनलाइन

धनकुटा । रक्षामन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले कांग्रेस पार्टीको महाधिवेशनबाट अब नयाँ नेतृत्व उदाउने बताएका छन् । पार्टीको पुरानो नेतृत्वलाई लक्षित गर्दै उनले ‘रुखको पुरानो पात झरेर नयाँ पात पलाउने’ भन्दै पार्टीमा नयाँ नेतृत्वको संकेत गरेका छन् ।

कांग्रेस धनकुटाले आज (शुक्रबार) आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले पार्टी महाधिवेशन स्वास्थ नहोला कि भनेर देशभर चिन्ता रहेको भन्दै प्रतिष्पर्धालाई व्यवस्थित बनाउनुपर्ने बताए ।

पार्टीमा नयाँ नेतृत्व आउन जरुरी रहेको भन्दै उनले यस महाधिवेशनबाट रुखको पुरानो पात झरेर नयाँ पात पलाउनु पर्ने बताएका छन् । मन्त्री रिजालले सकेसम्म सहमति र सहमति नभए स्वस्थ प्रतिष्पर्धाबाट पार्टीको संगठनलाई पुनःउर्जा प्रदान गरिनुपर्ने बताएका छन् ।

 

 
 
  
 

You may also like