नेपाल बार परिसरमै वकिलहरुको कुटाकुट

by समतल अनलाइन

काठमाडौं। नेपाल बार एशोसिएसन परिसरमै कानुन व्यवसायीहरूबीच आज (शुक्रबार) कुटाकुट भएको छ । काठमाडौंको रामशाहपथस्थित नेपाल बारको भवनबाहिर हात हालाहात भएको हो ।

अधिवक्ता भूमिनन्द चुँडाल कुटिएका छन् । उनले अर्का कानुन व्यवसायी विराट न्यौपानेले हातपात गरेको बताएका छन् । अब कनुनी उपचारमा जाने भूमिनन्दको भनाइ छ । चुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएका थिए । ‘मिडियामा न्यायालयविरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै हात हाले’, उनले भने, ‘मेरो कोट पनि च्यातिएको छ । बहस गर्न आएको थिएँ । अब म कानुनी प्रक्रियामा जान्छु ।’

नेपाल बार एशोसिएसन कार्यसमितिको बैठक भित्र बसिरहेको समयमा बाहिर यस्तो घटना भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बारको बैठक बसेको हो ।

 

 
 
  
 

You may also like