फेन्सी पसल सञ्चालन गरी मासिक ३० हजार आम्दानी गर्दै : चौधरी

by समतल अनलाइन

शिब अधिकारी
सैनामैना । सैनामैनाको कलौनीमा सुष्मा फेन्सी पसल सञ्चालन गरि सिताराम चौधरीले मासिक ३० हजार भन्दा बढी आम्दानी गर्दै आएका छन् । करिब दुई बर्ष बैदेशिक रोजगारमा आफ्नो जीवन साउदिमा बिताएका चौधरीले बिदेशमा सोचेजस्तो नभएपछि स्वदेश फर्किएर कपडा पसल सञ्चालन गरेको बताउँछन् । विगतमा मनग्य धन आर्जन गरि परिवारका सुख , सुविधा तथा आवश्यकता परिपुर्ति गर्ने उद्देश बोकेर बैदेशिक भूमिको तातो घाममा काम गर्न छिमेकीसँग डेढ लाख श्रृण लिएर प्रदेशिएका चौधरीले तातो घामको तितो अनुभुति गर्दै स्वदेश फर्केको बताए।

नेपाल फर्किसके पछि बिदेशको तातो घाम र नेपालीले बैदेशिक रोजगारमा जाँदा भोग्नुपर्ने कुरुर/तिता भावनालाई भुलाउन घरपरिवार सँग बसेर चार बर्ष घर रङ्गरोगनको ठेक्का पट्टाको काम गरे तापनि सोचेजस्तो सन्तुष्टि नमिल्ने देखेपछि हाल रुपन्देहीको सैनामैना ६ कलौनीमा सुष्मा फेन्सी सञ्चालन गर्दै आईरहेका छन् ।

पसल सञ्चालनको सुरुवातमा बाह्र लाख लगानी लगाएका सितारामले अहिले पसलमा बसि बसि मासिक ३० हजार भन्दा बढीको कारोबार गरेको बताए । एघार जनाको लामो परिवारमा बस्दै आएका उनको भने चार जनाको छोटो परिवार रहेको छ । फेन्सी पसलबाट भएको आम्दानीबाट उनी , उनका दुई छोरी र श्रीमती गरि चार जना आश्रित रहेको सितारामले बताए । सानैदेखि आफ्नै व्यापार ,ब्यवसाय सञ्चालन गरि आत्मनिर्भर बन्ने सोच राखेका सिताराम दुई बर्ष अर्काको देशमा गुलामी गर्नुपरेको तितो अनुभव सुनाउछन ।

बिदेशमा अरुको नोक्कर नबनी स्वदेशमै परिवारसँग बसेर केही गर्ने योजना बनाउदै भौतारिएका उनले बुटवलमा कपडा पसल सञ्चालन गर्दै आएका सन्दिप चौधरिको प्रेरणाले सैनामैनामा फेन्सी पसल सञ्चालन गरेको र सोचे जत्तिकै सन्तुष्टि मिलेको बताए । अहिले उनको फेन्सी पसलमा साँस्कृतिक पोषाक , लेडिज , जेन्स , बेबी वएर , जुत्ताचप्पल लगायतका सामाग्रीहरु पाईन्छन् ।

उनले दुई बर्ष बैदेशीक रोजगारमा जाँदाको दुखलाई सम्झदै आफ्नो देशमा केही गरे मात्र देशको विकासमा टेवा पुग्ने बताउदै बिदेशीएका युवा पुस्तालाई पनि मानिसले आटेमा नेपालनै सुन उब्जाउन सकिन्छ भन्दै प्रदेशीएका नेपाली दाजुभाइ दिदिबहिनीलाई स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सन्देश दिएका छन् ।

 
 
  
 

You may also like