जसपाबाट को–को बन्दैछन् मन्त्री ?

by समतल अनलाइन

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले मन्त्री छनौटको मापदण्ड तयार गरेको छ । सोही मापदण्डका आधारमा अध्यक्ष उपेन्द्र यादवले सरकारमा पठाउने मन्त्री तय गर्ने एक नेताले जानकारी दिए । जसपा स्रोतका अनुसार प्रदेश–२ बाट महेन्द्र राय यादव, अमृता अग्रहरी र प्रमोद साहमध्ये एक मन्त्री हुनेछन् ।

प्रदेश– बाहिरबाट राजेन्द्र श्रेष्ठ र इस्तियाक राईमध्ये एक मन्त्री हुने सम्भावना छ । महिलाबाट रेणु यादव वा अमृता अग्रहरी भनिएको छ । यद्यपि रेणुको सम्भावना बढी छ । पार्टी र सरकारलाई जोड्ने भूमिका खेल्ने गरी रामसहाय यादवलाई पठाउने तयारी छ । उनी अध्यक्ष यादवका विश्वास पात्र समेत हुन् ।

 

 
 
  
 

You may also like