गोली हानेर रौतहटमा एक युवकको हत्या

by समतल अनलाइन

रौतहट । एक युवकको गोली हानी हत्या गरिएको छ । इशनाथ नगरपालिकामा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा बीचमा राखेर ल्याएको युवकको गोली हानी हत्या गरिएको हो ।

गोली प्रहार गरी सो मोटरसाइकल पुन भारत तर्फ फर्किएको प्रहरीले जनाएको छ । इशनाथ नगरपालिका वडा नं ६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कुलनजिकै युवकमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिए ।

मृत्यु भएका युवकको पहिचान खुल्न सकेको छैन । भारतबाटै आएका व्यक्तिहरुले कुनै भारतीय नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका छ ।

मृतकको साथबाट उनको पहिचान हुने कुनै बस्तु फेला नपरेको र हत्यामा प्रयोग भएको गोलीको खोका अत्याधुनिक हतियारको भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like