टिपिएल ३ : बिपक्षिको छक्का र चौकाको बर्षाले सियारी निरास, ज्ञानोदय र पाल्पालीलाई सफलता

by समतल अनलाइन

भोलिको खेलमा अधिकांस राष्ट्रिय खेलाडीको भिडन्त
बाबुराम गैरे
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारि सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगमा पाल्पाली लिजेन्टले सियारी राइनोज्लाई निरास बनाएको छ । प्रशिक्षक शक्ति गौचनको प्रशिक्षण तथा अनुभबि अन्तराष्ट्रिय खेलाडि बिनोद भण्डारी सम्मिलित आकर्षणको केन्द्र हरेको टिम सियारि राइनोज्लाई छक्का र चौकाको बर्षासंगै ५ विकेटले पराजित गर्दै पाल्पाली लिजेन्टस्ले निरास पारेको हो ।

टस हारेर ब्याटिङ्गको निम्तो पाएको सियारीले प्रदान गरेको १ सय ६९ रनको लक्ष भेट्न पाल्पालीका राजेन्द्रमान शाक्यले ३० बलमा ५ छक्का र ४ चौकाको सायहताले ५६ रनको योगदन गरे । त्यस्तै तुल बहादुर थापाले १५ बलमा ५ छक्का सहित ३५ रनको पारि खेले ।

सियारि राइजोजका लागि सर्बाधिक रन लालबहादुर अधिकारिले बनाए । उनले ३९ बलको ईनिङमा ७ चौका र १ छक्काको मद्धतले ५७ रनको योगदान गरेका थिए ।
प्रतियोगितामा पाल्पाली लिजेन्टस्का राजेन्द्रमान शाक्य म्यान अफ द म्याच भए । त्यस्तै पाल्पालीकै तुल बहादुर थापा मष्ट भ्यालुएवल प्लेयर बने भने सियारी राइनोज्का लाल बहादुर अधिकारी र राजेन्द्र मान शक्यले ५० रनको पारि खेल्दै पुरस्कृत भए ।

यस अघि आजको हिलो खेलमा तिनाउ टाइटन्स्लाई २९ रनले पछाडी पार्दै ज्ञानोदय बिजयी बनेको हो । ज्ञानोदयको जितका लागी शंकर राना एक्लैले ५५ रनको योगदान गरे भने सुनिल धमलाले २५ रन बनाएका थिए ।

पहिलो विकेटका लागि शुनिल धमला र शंकर रानाले ७२ रनको पारि खेलेका थिए । ज्ञानोदयले पुरै २० ओभर खेलेर ८ विकेटको क्ष्यतीमा १ सय ५४ रन बनाएको हो ।
बिजयका लागी १ सय ५५ रनको लक्ष्य पछ्याउने क्रममा तिनाउ टाईटन्स पुरै २० ओभर खेल्दै १ सय २५ रन मात्र बनाउन सफल भयो । तिनाउका लागि अर्जुन गिरीले ४४ रनको पारिे भने अन्य खेलाडिको प्रदर्शन त्यति राम्रो भएन ।

ज्ञानोदय गोल्डको तर्फबाट तिनाउलाई सम्तैमा समेट्न सुनिल धमलाले ३ विकेट र जितेन्द्र साहानी र कमल ओलीले १/१ विकेट लिएका थिए । अर्धसतक पारि खेलेका ज्ञानोदयका शंकर राना मष्ट भ्यालुएवल प्लेयर बने भने ३ विकेट लिएर २५ रन हानेका ज्ञानोदय गोल्डस्कै सुनिल धमला म्यान अफ द म्याच घोषित भए ।

प्रदेश स्तरको सबैभन्दा ठुलो धनराशी पुरस्कार रहेको प्रतियोगितामा प्रदेश ५ का राष्ट्रिय खेलाडिहरु सम्मिलित १० टिमले सहभागिता जनाएका छन । १० टिमलाई पोल ए र बि मा बिभाजन गरि प्रतियोगिता संचालन गरिएको छ ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमा जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।

प्रतियोगिता अन्तर्गत भोलीको पहिलो खेलमा राष्ट्रिय खेलाडी दिपेन्द्र ऐरी सम्मिलित टिम रुपन्देही पल्टन्स्ले साबिक बिजता समेत रहेको राष्ट्रिय खेलाडी सरद भेस्वाकर सम्मिलित लुम्बिनि शाक्यन्को सामना गर्नेछ भने दोस्रो खेलमा मणिग्राम किंस्ले रहेको रोयल शंकरनगरको समाना गर्नेछ ।

मणिग्रम किंस्बाट राष्ट्रिय खेलाडी कृष्ण कार्की र अमरसिंह राउटेला साथै रोयल शंकरनगरबाट राष्ट्रिय खेलाडी रोहित कुमार पौडेल र असिफ सेख खेल्दैछन ।

You may also like

Leave a Comment