टिपिएल ३ : उद्घाटन खेलमा पाल्पाली लेजेन्टस् बिजयी

by समतल अनलाइन

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शनिबारदेखि शुरु भएको सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको उद्घाटन खेलमा पाल्पाली लेजेन्टस् बिजयी भएको छ । सुपर ११ भैरहबालाई ४ विकेटले पछाडी पार्दै पाल्पाली लेजेन्टस्ले बिजयी शुरुवात गरेको हो । टस हारेर ब्याटिङ्गको निम्तो पाएको भैरहवाले सबै विकेटको क्ष्यतीमा १ सय ३६ रनको योगफल तयार पारेको थियो ।

बिजयका लागि १ सय ३७ रनको लक्षकासाथ ब्याटिङ्ग थालेको पाल्पाली लेजेन्टस्ले ६ विकेटको क्ष्यतीमा लक्ष भेट्न सफल भयो । पाल्पाको जितका लागी सुबेन्दु पाण्डेले ३२ र बिक्रम सोबले ४८ रनको योगदान गरेका थिए ।

प्रतियोगितामा १४ बलमा ३२ रनको योगफल तयार पारेका पाल्पाली लेजेन्टस्का सुवेन्दु पाण्डे मोस्ट भ्यालुएवल खेलाडी बने भने ३६ वलमा ४८ रनको योगदान गरेका बिक्रम सोब म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत भोलीको पहिलो खेलमा तिनाउ टाइटन्स्ले रेन्बो ज्ञानोदय गोल्डस्को सामना गर्नेछ भने दोस्रो खेलमा सियारी राइनोज्ले पाल्पाली लेजेन्टस्का् सामना गर्नेछ ।
तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा संचालित प्रतियोगिताको प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले शनिबार बिहान उद्घाटन गरेका थिए ।

प्रदेश स्तरको सबैभन्दा ठुलो धनराशी पुरस्कार रहेको प्रतियोगितामा प्रदेश ५ का राष्ट्रिय खेलाडिहरु सम्मिलित १० टिमले सहभागिता जनाएका छन ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमा जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।

 
 
  
 

You may also like