राष्ट्रपति सीलाई विमानस्थलमा ‘गार्ड अफ अनर’ प्रदान

by समतल अनलाइन

काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । शनिवार अराह्न सवा ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा नै सम्मान स्वरुप ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो ।

नेपाली सेनाको एक टुकडीले सीलाई सम्मान गारथ अर्पण गरेको थियो । त्यस क्रममा दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो । त्यसअघि सीलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् ।

‘गार्ड अफ अनर’ को कार्यक्रम सकिएसँगै सी होटल सोल्टी जाने कार्यक्रम रहेको छ । सीको स्वागतका लागि सडकको दायाँबायाँ मानिसहरु लामबद्ध भएका छन् । विभिन्न झाँकी, सांस्कृति झल्काउने विभिन्न समूह लामबद्ध भएका छन् । यसका साथै सरकारी कर्मचारीहरु पनि लामबद्ध भएका छन् ।

 
 
  
 

You may also like