कांग्रेस संसदीय दलले गुल्मिका पहिरो पीडितलाई आर्थिक सहयोग गर्ने

बुटवल । नेपाली काग्रेस प्रदेश ५ को संसदीय दलले गुल्मिका पहिरो पीडितलाई १ लाख रुपैया सहयोग गर्ने भएको छ ।

बिहिबार बसेको काग्रेस संसदीय दलको बैठकले गुल्मिका पहिरो पीडितलाई १ लाख रुपैया सहयोग गर्ने निर्णय गरेको हो । बैठकले गुल्मीको सत्यवती गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेकमा पहिरो गई भएको मानवीय एवं भौतिक क्षति प्रति दुःख व्यक्त गरेको छ ।

संसदीय दलका उपनेता बीरेन्द्र कुमार कनौडीयाको अध्यक्षतामा बसेको बैठकले विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई पुनस्र्थापनाको व्यवस्था गर्न सरकारसंग आग्रह गरेको छ ।

 
 
  
 

You may also like