सीता एयरको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण

२५ आश्विन २०७६, शनिबार

काठमाडौं। रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्ला उडेको सीता एयरको टुइनअटर विमान मन्थली विमानस्थलमै आकस्मिक अवतरण गरिएको छ । विमानको पखेटामा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको हो ।

शनिवार बिहान लुक्लाका लागि उडिसकेको विमानमा चार ठोक्किएपछि विमान पुनः मन्थली एयरपोर्टमै अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी सन्तोष भट्टराईले जानकारी दिए ।

 

सीता एयरको ‘९ एन–आई–इ’ विमान उडिसकेपछि चरा ठोक्किएर पंखामा पसेको थियो । विमानमा १३ यात्रु र चालक दलका तीनजना सदस्य थिए । विमान आकस्मिक अवतरण गरेसँगै ठूलो दुर्घटना टरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया