अज्ञात ब्याक्तीले धारिलो हतियार प्रहार गरि आमा छोरीको हत्या

by समतल अनलाइन

उदयपुर । उदयपुरमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी आमा छोरीको हत्या गरेको छ । शुक्रबार राति त्रियुगा नगरपालिका ९ स्थित चौकीबारीमा आमा २२ वर्षिय सारदा कुमारी चौधरी (गोमा) र ९ वर्षिय छोरी रत्ना चौधरीको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको घाटी रेटिएको अवस्थामा लाश छिमेकीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको श्रीमान वैदेशिक रोजगारको क्रममा देश बाहिर रहेको छ भने सासु ससुरा चौदण्डीगढी नगरपालिका ५ सिबाइमा बसिरहेको छ ।

हत्या के कारण कसले भएको भन्ने यहिलेसम्म केही खुल्न सकेको छैन् । हत्यामा संलग्नलाई खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरले बताए । उनका अनुसार अनुसन्धानमा जुटेका छौं हत्यारा पत्ता लाग्ने नै छ ।

हत्यारा पत्ता लगाउन धरानबाट तालिम प्राप्त कुकुर ल्याउन लागिएको एसपी बुढामगरले बताए । हत्याको विस्तृत जानकारी आउँन बाँकी रहेको छ।

 
 
  
 

You may also like