नवलपुरकाे पहाडी मार्गमा जीप पल्दटा एक जनाको मृत्यु, चार घाइते

by समतल अनलाइन

नवलपरासी । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका ६ निरिन्दी खोलामा ग १ ज ६५०५ नम्बरको जिप पल्दँदा १ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । पाल्पाको रामपुरबाट डेढगाउँहुँदै नवलपरासीको दलदलेतर्फ आउँदै गरेको उक्त जीप ओभरलोडका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते देवचुली नगरपालिका ४ निवासी ३४ बर्षीय हरि बहादुर अधिकारीको उपचारको क्रममा गएराति पोखराको मणिपाल अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा परी देवचुली नगरपालिकाकै ४ जना घाइते भएका छन् ।

 
 
  
 

You may also like