तिलोत्तमा प्रिमियर लिगको तेस्रो संस्करण आजदेखी शुरु हुदै

by समतल अनलाइन

उद्घाटन खेलमा पाल्पाली लिजेन्डस् र सुपर ११ भैरहवा भिड्ने
बुटवल । प्रदेश ५ को बहुप्रतिष्ठित क्रिकेट प्रतियोगिता सर्बोत्तम तिलोत्तमा प्रिमियर लिग (सर्बोत्तम टिपिएल ३) को तेस्रो संस्करण आजदेखी शुरु हुदैछ । तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा हुने प्रतियोगिताको प्रदेश ५ का सामाजिक बिकास मन्त्रि सुदर्शन बरालले बिहान साढे १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश स्तरको सबैभन्दा ठुलो धनराशी पुरस्कार रहेको प्रतियोगितामा प्रदेश ५ का राष्ट्रिय खेलाडिहरु सम्मिलित १० टिमले सहभागिता जनाएका छन । प्रतियोगिताको उद्घाटन खेलमा आज पाल्पाली लिजेन्डस् र सुपर ११ भैरहवाका बिच प्रतिष्पर्धा हुनेछ ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमा हुने प्रतियोगिताका लागि आबस्यक सम्पुर्ण तयारी पुरा भएको प्रतियोगिता संयोजक दिपक भुर्तेलले जानकारी दिए । टिपिएलका अघिल्ला दुई संस्करणहरुबाट पाएको अनुभवका आधारमा तेस्रो संस्करणलाई अझ भब्य र ब्यबस्थित रुपमा संचालन गर्न लागेको तिलोत्तमा क्रिकेट बिकास समितिका सिइएओ समेत रहेका भुर्तेलले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ । त्यसैगरि प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद २० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट वलरलाई नगद १० हजार साथै इमर्जिङ प्लेयरलाई नगद ५ हजार प्रदान गरिने तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष अच्युतराज ढुंगानाले जानकारी दिए ।

त्यस्तै प्रतियोगितामा १ टिमलाई फेयर प्ले अवार्ड अन्तर्गत नगद ४० हजार साथै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई नगद १ हजा

 
 
  
 

You may also like