नेपाली कांग्रेस अर्घाखाँचीको जिल्ला सभापतिका उम्मेद्वार पौडेल को हुुन् ?

by समतल अनलाइन

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँची जिल्ला सभापतिका उम्मेद्वार इन्द्रमणि पौडेल अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका ६ नं. वडामा स्थायी रुपमा बसोवास गर्दै आइरहेको छन् । पिता यमलाल पौडेल र माता मनकला पौडेलका छोरा इन्द्रमणि पौडेल वर्तमानमा विगत २० वर्ष देखि सन्धिखर्क सदरमुकाममा वसी जिल्ला वासीहरुको सेवा गर्दे केन्द्र सम्म कांग्रेसका सदस्यहरुको कार्यमा चौविसै घन्टा खटिरहेका छन् । विगत दुई दशकदेखी नेपाली कांग्रेस र आम जिल्लावासीको समृद्धिको लागि पहरेदार सीपाईको रुपमा अनवरत लागिरहेका पौडेल अर्घाखाँची जिल्लाको १३ औं महाधिवेशन प्रतिनिधि भइरहदा विगत र वर्तमान सम्म कांग्रेसका हजारौं सदस्यहरुलाई रोजगारी र उद्यमशीलता सृजना गरेको भूमिका सबैमा स्मरण नै छ ।

कांग्रेसको नेतृत्वमा भएका सबै आन्दोलनमा पार्टीेको निर्देशनलाई अक्षरस पालना गर्दै आएका पौडेल १५ वर्षको कलिलो उमेर देखि नै नेपाली कांग्रेसको सक्रिय राजनीति र सामाजिक कार्यमा हाृमिएका थिए । जननायक वी.पी. कोइराला, सर्वमान्य नेता गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्राई र गिरिजा प्रसाद कोइराला लगायतका अग्रजहरुको मार्गदर्शनबाट अगाडी बढ्दै आजको अवस्थासम्म आइपुगेको पौडेलले बताए ।

सामाजिक क्षेत्रमा विगत २० वर्ष देखि एनजीओ÷आइएनजीओमा कार्य गर्दै आएको उनी अर्घाखाँची जिल्लामा पोषण परियोजना अन्तर्गतः सुआहारा कार्यक्रम, खानेपानी तथा सरसफाई, कृषि तथा पशुपक्षीं, सुशासन तथा पारदर्शिता जस्ता परियोजना सञ्चालनमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा संग्लग्न हुँदै आएका छन् । यी बाहेक अध्ययन– अनुशन्धान तथा परामर्श सेवामा कार्य गर्दै आइरहेको उनी दर्जन भन्दा बढी संघ–संस्थामा सल्लाहकार रहदै आएको छन् । विभिन्न देश लगायत नेपालका ६५ वटा भन्दा बढी जिल्लाको अनुभव सँगालेका पौडेल कुनै पनि नेपाली कांग्रेसको कार्यकर्तालाई कांग्रेस भएकोमा हिनता होइन गौरवको अनुभूति गराउनका लागि आफु सधँै क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्दै आसन्न १४ औँ महाधिवेशनमा जिल्ला सभापतिमा उम्मेद्वार दिन लागेको बताए ।

 
 
  
 

You may also like