नेपालमा थप २,०५२ संक्रमित थपिए , २० जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २,०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३,०३० रहेको छ भने २० जनाको मृत्यु भएको छ ।

 
 
  
 

You may also like