कक्षा १२ को परीक्षा भदौ ३० गते देखि सञ्चालन गरिने

by समतल अनलाइन

काठमाडौं । कक्षा १२ को परीक्षा भदौ ३० गते हुने भएको छ ।
परीक्षा बोर्डको आज बसेको बैठकले गत साउनमा स्थगित परीक्षा भदौ ३० गतेदेखि शुरु गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणबाट सुरक्षित हुने स्वास्थ्य मापदण्ड अपनाएर विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिनुभयो ।

कक्षा १२ मा झण्डै पौने चार लाख विद्यार्थी छन् । गत जेठमा तय भएको परीक्षा साउन ३१ गते शुरु गर्ने भनिए पनि कोरोना संक्रमण उच्च भएपछि रोकिएको थियो ।

बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मुल्याङ्कनका लागि परीक्षा लिएको थियो । तर यस वर्ष भने शतप्रतिशत नै परीक्षा लिने भएको छ ।

 

 
 
  
 

You may also like