दशैको टीका साइत बिहान १० बजेर ३५ मिनेटमा उत्तम

by समतल अनलाइन

बुटवल । दशैको टीका साइत बिहान १० बजेर ३५ मिनेटमा अति उत्तम

हिन्दुहरुकाे महान चाड बडा दशैंकाे टीकाकाे साइत सार्वजनिक भएकाे छ । नेपाल पञ्चाङग निर्णायक समितिले यस वर्षको बडा दशैंको टीकाको साइत सार्वजनिक गरेको हाे । आउँदो असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा टीकाको साईत उत्तम रहेको समितिले जनाएको छ । यद्यपी साइत कुर्नु नपर्ने र दिनभर नै टीका लगाउन सकिने बताइएको छ ।

यस वर्षको घटस्थापना असोज १२ गते परेको छ । असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको समितिले जनाएकाे छ । यस्तै टीका अघि गरिने देवी विर्सजनको शुभ साइत असोज २१ गते मंगलबार बिहानै ८ बजेर ४५ मिनेटमा रहेको समितिले जानकारी दिएकाे छ ।

यसैगरी असोज १६ गते पचली भैरव यात्रा र १८ गते शनिबार फूलपातिको दिन तुलजा भवानी यात्रा बिहान ८ बजेर ५२ मिनेटमा उत्तम साइत रहेको जनाइएकाे छ ।

 
 
  
 

You may also like