२०७८ भदौं ४ गते शुक्रबारको तपाईको राशिफल

by समतल अनलाइन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिने छ । अभिभावकको सुझावले उचाइमा पु¥याउन सहयोग गर्नेछ । दाम्पत्य जीवन सुखमय नै हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । नजिकको व्यक्तिबाट धोका मिल्न सक्छ सचेत रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज धार्मिक कार्य सफल रहने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । बौद्धिक काममा सफलता मिल्ने छ । प्रेम सम्बन्ध पनि कसिलो होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आफन्त वा मित्रबाट विशेष सहयोग मिल्ने । ठीक समयमा सही निर्णय लिन सकिने छ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध अधिक सुखद् रहने छ । शुभकार्यको चर्चा चल्ने छ । प्रेम प्रस्ताव समेत प्राप्त हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
राजनैतिक कार्यमा बाधा आउने छ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । सामान पनि हराउन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज धार्मिक यात्राको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ कमको थालनी हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज लक्ष्मी प्रसन्न हुने योग छ । महत्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्ने । नयाँ काम सुरु गर्ने समय पनि छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्ने छ । शुभकार्यको चर्चा चल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज कुनै नकुनै कुराले मनमा शान्ति छाउने छ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । अन्योलका बीच उन्नतिको मार्ग भेटिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज मानसिक शान्ति मिल्ने छ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । दाम्पत्य सुखले प्रफुल्लित भइने छ । वैदेशिक कार्य पनि अघि बढ्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like