रुपन्देहीमा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म थपियो

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा भदौ १५ गतेसम्मका लागि थपिएको छ । सोमबार दिउँसो बसेको डिसीसीएमसीको बैठकले भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ ।

तीज नजिकिदै गरेकाले विभिन्न होटल तथा पार्टी प्यालेसमा कार्यक्रम गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको छ । कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि बैशाख १६ गतेबाट जिल्लामा निषेधाज्ञा जारी भएको थियो ।

 
 
  
 

You may also like